कर्णाली प्रदेशका स्थानीय तहमा मौलाउँदो भ्रष्टाचार,अख्तियारमा उजुरीको चाङ

बिरेन्द्रनगर, सुर्खेत पछिल्लो समय कर्णालीका स्थानिय निकायमा भ्रष्टाचार मौलाउदो अबस्थामा रहेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता (भ्रष्टाचार)का उजुरीको चाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्न थालेका छन । कर्णाली प्रदेशभित्रका स्थानीय तहविरुद्ध पनि सयौंको संख्यामा उजुरी अख्तियारमा परेका हुन् ।

अख्तियारको कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी उजुरी दैलेखका स्थानीय तहविरुद्ध परेका छन् । दैलेखका ११ स्थानीय तहविरुद्ध ७५ उजुरी परेका छन् । दोस्रोमा सुर्खेतका ९ स्थानीय तहविरुद्ध ४५ वटा उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारमा उजुरी परेका कर्णालीका स्थानीय तहको कुल संख्या ७९ रहेको छ ।

सुर्खेतबाट ४५ उजुरी

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाविरूद्ध अख्तियारमा हालसम्म ९ वटा उजुरी दर्ता भएका छन् । नगरपालिकाका विभिन्न योजनामा रकम दुरुपयोग भएको भन्दै ती उजुरी दर्ता भएपनि अख्तियारले हालसम्म ६ वटा उजुरीको किनारा लगाइसकेको छ भने तीनवटा उजुरीको किनारा लगाउन बाँकी रहेको छ ।

ती तीनवटा उजुरीमाथि अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

प्राप्त विवरणअनुसार सुर्खेतकै भेरीगंगा नगरपालिकाविरुद्ध १४ उजुरी दर्ता भएका छन् । ती मध्ये ४ उजुरीको छानबिन टुंगिएको छ भने १० वटाको अनुसन्धान भइरहेको छ । पञ्चपुरी नगरपालिकाविरुद्ध २ उजुरी दर्ता भएका छन् एक उजुरी फर्छ्यौट भइसकेको छ भने एक उजुरीमाथि अनुसन्धान भइरहेको छ । गुर्भाकोट नगरपालिकाका ७ वटा उजुरी दर्ता भएकामा ४ को अनुसन्धान भइरहेको छ भने तीन उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

लेकबेसी नगरपालिकाका पाँच उजुरीमा २ उजुरीको फर्छ्यौट भइसकेको छ भने ३ को अनुसन्धान भइरहेको छ । बराहताल गाउँपालिकाविरुद्ध तीन उजुरी आएकोमा तीनवटै उजुरीमाथि छानबिन गर्न बाँकी छ ।

चिङगाड गाउँपालिकाविरुद्ध १ मात्रै उजुरी परेको छ भने उक्त उजुरीमाथि छानबिन हुन बाँकी नै रहेको छ । चौकुने गाउँपालिकाविरुद्ध पनि एक उजुरी दर्ता भएकोमा उक्त उजुरीमाथि अनुसन्धान भइरहेको छ । सिम्ता गाउँपालिकाविरुद्ध तीन उजुरी परेकोमा तीनै उजुरीको फर्छ्यौट भएको अख्तियारको कार्यालयले जनाएको छ ।

दैलेखबाट ७५ उजुरी

एघारवटा स्थानीय तह रहेको दैलेखमा ७५ वटा उजुरी अख्तियारमा आएका छन् भने तीमध्ये २१ वटा उजुरीको अख्तियारले फछर्यौट गरिसकेको छ । ५४ वटा उजुरीको अनुसन्धान भइरहेको छ ।

नारायण नगरपालिकाविरुद्ध ९ उजुरी परेकोमा अख्तियारले तीनवटा उजुरीको फर्छ्यौट गरेको छ भने ६ वटाको अनुसन्धान भइरहेको छ । दुल्लु नगरपालिकाविरुद्धका ७ उजुरीमध्ये ४को फछर्यौट भएको छ भने तीनवटा उजुरीमाथि अनुसन्धान भइरहेको छ । आठबीस नगरपालिकाका ८ उजुरीमध्ये ७ वटा अनुसन्धानका क्रममा रहेका छन् भने एक उजुरीको किनारा लागेको अख्तियारले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाविरुद्ध ६ उजुरी आएकोमा सबैको अनुसन्धान भइरहेको छ ।

गुराँस गाउँपालिकाका ७ उजुरीमध्ये चारवटा अनुसन्धानकै क्रममा रहेका छन् । डुंगेश्वर गाउँपालिकाका ४ उजुरीमध्ये दुई अनुसन्धानकै क्रममा रहेका छन् भने दुई उजुरीको टुंगो लाग्न बाँकी रहेको छ । भगवतीमाई गाउँपालिकाका पाँच उजुरीमध्ये तीन उजुरीमाथि अनुसन्धान भइरहँदा २ उजुरी किनारा लागेका छन् । नौमुले गाउँपालिकाविरुद्ध ११ उजुरी अख्तियारमा परेकोमा ८ उजुरीको अनुसन्धान भइरहेको छ भने ३ उजुरी फर्छ्यौट भएका छन् ।

महाबु गाउँपालिकाविरुद्ध १२ उजुरी परेकोमा २ उजुरी फर्छ्यौट भएको छ भने १० उजुरीको अनुसन्धान अख्तियारले गरिरहेको छ । भैरवी गाउँपालिकाविरुद्ध ४ उजुरी परेकोमा चारवटै उजुरीमाथि अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए । उनका अनुसार ठाँटीकाँध गाउँपालिकाविरुद्ध २ उजुरी परेकोमा एक उजुरी फर्छ्यौट भएको छ भने एक उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

कालिकोटका स्थानीय तहविरुद्ध ४१ उजुरी

कालिकोट जिल्लाका नौवटा स्थानीय तहविरुद्ध अख्तियारमा ४१ वटा उजुरी परेका छन् । अख्तियारले ती उजुरीमध्ये ६ वटाको मात्रै फर्छ्यौट गरेको छ भने ३५ वटा अनुसन्धानको क्रममा रहेको बताएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकाकाका ५ उ्जुरीमध्ये पाँचैको अनुसन्धान भइरहेको छ । तिलागुफा नगरपालिकाविरुद्ध तीन उजुरी परेकोमा तीनैको अनुसन्धान भइरहँदा रास्कोट नगरपालिकाविरुद्धको एक उजुरीको फर्छ्यौट भएको छ र पाँचवटाको अनुसन्धान भइरहेको छ । शुभकालिका गाउँपालिकाविरुद्धको उजुरीको अनुसन्धान भइरहेको छ । नरहरिनाथ गाउँपालिका विरुद्धका दुई उजुरीमध्ये एक उजुरीको फर्छ्यौट भएको छ ।

पचालझरना गाउँपालिकाका तीन उजुरी अनुसन्धानकै क्रममा रहेका छन्, पलाता गाउँपालिकाका सात उजुरीमध्ये एक उजुरीको फर्छ्यौट भएको छ भने महावै गाउँपालिकाको एक उजुरी अनुसन्धानकै क्रममा रहेको छ । सान्नी त्रिवेणी गाउँपालिकाका ११ मध्ये तीन उजुरीको फर्छ्यौट हुँदा ८ उजुरीको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सल्यानका स्थानीय तहविरुद्ध २८ उजुरी

सल्यान जिल्लामा १० वटा स्थानीय तह रहेका छन् । अख्तियारमा जम्मा २८ उजुरी आएकोमा १२ उजुरी फर्छ्यौट भएको छ भने १६ उजुरीको अनुसन्धान भइरहेको छ । शारदा नगरपालिकाका पाँचमध्ये एकको मात्रै फर्छ्यौट भएको छ । बनगाड कुपिण्डे नगरपालिकाको दुईमध्ये एक उजुरीको फर्छ्यौट भएको छ । सिद्धकुमाख गाउँपालिकाका ८ मध्ये ४ उजुरीको फर्छ्यौट भएको छ बाँकीको अनुसन्धान भइरहेको छ ।

दार्मा गाउँपालिकाको एक उजुरी अनुसन्धानकै क्रममा रहेको छ भने कुमाख गाउँपालिकाका चार उजुरीमध्ये एकको मात्रै फर्छ्यौट भएको छ, तीनवटा अनुसन्धानमै छन् । कपुरकोट गाउँपालिकाका एक उजुरी अनुसन्धानमै रहेको छ भने कालिमाटी गाउँपालिकाका दुई उजुरीमध्ये एक उजुरी फर्छ्यौट भएको अख्तियारले जनाएको छ ।

त्रिवेणी गाउँपालिकाविरुद्ध एक उजुरी आएकोमा फर्छ्यौट भएको छ र छत्रेश्वरी गाउँपालिकाका चार उजुरीमध्ये दुई उजुरी फर्छ्यौट भएका छन् ।

मुगुमा १२, मुगुकर्मारोङमा शून्य उजुरी

मुगु जिल्लाका स्थानीय तहविरुद्ध १२ उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भएकोमा १० वटा बाँकी छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा ८ वटा उजुरी दर्ता भएकोमा एउटा उजुरी फर्छ्यौट भएको छ । ७ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

सोरु गाउँपालिकाबाट परेका एउटा उजुरी पनि फर्छ्यौट हुन सकेको छैन । मुगुमकार्मारोङ गाउँपालिकाविरुद्ध भने एउटा पनि जुरी परेको छैन ।

खत्याड गाउँपालिकाका ३ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भई २ वटा बाँकी छन् ।

डोल्पाबाट ९ उजुरी, ४ स्थानीय तहविरुद्ध शून्य

डोल्पाका ८ स्थानीय तहबाट जम्मा ९ वटा उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भई ७ वटा फर्छ्यौट हुन बाँकी छन् । जिल्लाका चारवटा स्थानीय तहविरुद्ध एउटा उजुरी पनि परेको छैन । ठूलीभेरी नगरपालिकाबाट अख्तियारमा परेका ३ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भई २ वटा बाँकी छन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा ४ वटा उजुरीमध्ये १ वटा उजुरी फर्छ्यौट भई ३ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् । डोल्पोबुद्ध गाउँपालिका, से–फोक्सुन्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकाविरुद्ध पनि अख्तियारमा उजुरी छैन । मुड्केचुला गाउँपालिकाविरुद्ध एउटा उजुरी परेकोमा फछ्र्योट भएको छैन । छार्कातोङसोङ गाउँपालिकाविरुद्ध एउटा पनि उजुरी परकोे छैन ।

जुम्लाबाट २९ उजुरी

जुम्ला जिल्ला स्थानीय तहबाट अख्तियारमा परेका २९ उजुरीमध्ये ५ वटाको फर्छ्यौट भएको छ भने २४ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

जुम्लाको चन्दनाथ नगरपालिकाका १० वटा उजुरी परेकोमा १ वटा फर्छ्यौट भई बाँकी ९ वटा उजुरी अनुसन्धानका क्रममा छन् । कनका सुन्दरी गाउँपालिकाविरुद्ध एउटा उजुरी परेकोमा सो पनि बाँकी छ । सिंजा गाउँपालिकाको २ वटा उजुरीमध्ये २ वटै फर्छ्यौट हुन बाँकी छन् । हिमा गाउँपालिकाको ५ वटा मध्ये १ वटा उजुरी फर्छ्यौट भएको छ भने ४ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

तिला गाउँपालिकाका २ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भएको छ भने एउटा बाँकी छ । गुठिचौर गाउँपालिकाका २ वटा उजुरीमध्ये २ ओटै बाँकी छन् । तातोपानी गाउँपालिकाका ५ वटा उजुरीमध्ये २ उजुरी फर्छ्यौट भएका छन् भने ३ वटा बाँकी छन् ।

पातारासी गाउँपालिकाका २ वटा उजुरीमध्ये २ ओटै अनुसन्धानमा छन् ।

रुकुमबाट २७ उजुरी

रुकुम पश्चिमका स्थानीय तहका २७ उजुरीमध्ये ११ वटा उजुरी फर्छ्यौट भएका छन् । १६ वटा अनुसन्धानकै क्रममा रहेका छन् ।

मुसिकोट नगरपालिकाविरुद्ध ४ वटा उजुरी अख्तियारमा परेकोमा २ वटा उजुरी फर्छ्यौट भएका तथा २ वटा बाँकी छन् । चौरजहारी नगरपालिकाका ५ वटा उजुरीमध्ये २ वटा उजुरी फर्छ्यौट भएका तथा ३ वटा बाँकी रहेका छन् ।

आठबीसकोट नगरपालिकाका २ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भएको छ भने एउटा बाँकी छ । बाँफिकोट गाउँपालिकाका २ वटा उजुरीमध्ये एउटा बाँकी छ । त्रिवेणी गाउँपालिकाका ४ वटा उजुरीमा एउटा उजुरी फर्छ्यौट भई ३ वटा बाँकी छन् । सानीभेरी गाँउपालिकाका १० वटा उजुरीमध्ये ४ वटा उजुरी फर्छ्यौट भई ६ वटा बाँकी छन् ।

हुम्लामा १४ उजुरी, सबै अनुसन्धानकै क्रममा

हुम्ला जिल्लाका स्थानीय तहका अख्तियार कार्यालयमा १४ उजुरी परेका छन् । तीमध्ये १४ वटै उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

सिमकोट गाँउपालिकाका २ वटा नाम्खा गाँउपालीकाको १ वटा, खार्पुनाथ गाँउपालिकाका एउटा, सर्केगाड गाँउपालिकाको एउटा, चंखेली गाँउपालिकाका ४ वटा, अदानचुली गाँउपालिकाका ४ वटा र ताँजाकोट गाउँपालिकाका १ वटा उजुरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जाजरकोट जिल्लाबाट ३८ उजुरी

जाजरकोट जिल्लाका स्थानीय तहविरुद्ध ३८ उजुरी अख्तियारमा परेका छन् । तीमध्ये ७ वटा उजुरी फर्छ्यौट भई ३१ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् ।

भेरी नगरपालिकाका ८ वटा उजुरी अख्तियारमा परकोमा ३ वटा उजुरी फर्छ्यौट भई ५ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् । छेडागाड नगरपालिकाका ४ वटा मध्ये १ वटा उजुरी फर्छ्यौट भई ३ वटा बाँकी छ । नलगाड नगरपालिकाविरुद्ध एउटा उजुरी परेकोमा फर्छ्यौट हुन बाँकी छ । कुशे गाउँपालिकाका ६ वटा उजुरी अनुसन्धानकै क्रममा छन् ।

जुनीचाँदे गाउँपालिकाका १३ वटा उजुरीमध्ये ३ वटा उजुरी फर्छ्यौट भई १० वटा उजुरी फर्छ्यौट हुन बाँकी छन् । बारेकोट गाँउपालिकाका ३ वटा उजुरीमध्ये ३ वटै उजुरी फर्छ्यौट हुन बाँकी छ । शिवालय गाउँपालिकाको ३ वटामध्ये ३ वटै उजुरी फर्छ्यौट हुन बाँकी छ । सुर्खेतबाट प्रकाशित नयाँनेपालमा खबर छ ।