अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए
मंसिर २५, २०७६ अमेरिकाको न्यूजर्सीमा बुधबार बिहान भएको गोली हानाहानमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ। अन्य दुईजना प्रहरी पनि घाइते भएका छन्।

New York City Police officers arrive on the scene following reports of gunfire, Tuesday, Dec. 10, 2019, in Jersey City, N.J. (AP Photo/Seth Wenig)
शहरको ग्रीनविले इलाकामा कम्तिमा एकघण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। एक स्थानीय पसलमा कभर लिएर संदिग्ध बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय मिडियाहरुले जनाएका छन्।
भीडन्तमा मारिएका प्रहरी जोसेफ सील्स १३ बर्षदेखि जर्सी शहरमै रहेको र बन्दूक नियन्त्रणमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको बताइएको छ। संदिग्ध व्यक्तिहरुलाई समात्न नियन्त्रणमा लिन गैरहेकै बेला जोसेफमाथि गोली प्रहार भएको थियो। भीडन्त शुरु भएपछि सो स्थानमा विशेष प्रहरी इकाई पुगेर संदिग्ध बन्दूकधारीलाई मारिदिएको छ।
सो व्यक्तिको साथबाट प्रहरीले राइफल र सैयौं राउन्ड गोली समेत बरामद गरेको छ। यो भीडन्तमा को र किन संलग्न थियो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन। यद्यपीः यो कूनै आतंकवादी हमला नभएको अधिकारीहरुले अनुमान गरेका छन्। अमेरिकामा बारम्बार भैरहने गोलीकाण्डमा ठूलो जनधनको क्षति हुने गरेको छ।