यसरी मनायो मितिनी नेपालले ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस
प्रकासित मिति : २०७६ मंसिर २४, मंगलवार ०९:०४
प्रकासित समय : ०९:०४
काठमाण्डौ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका हक अधिकारको लागी काम गर्ने संस्था मितिनी नेपालले मितिनी नेपालले ७१औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, बिशेष र्यालीको आयोजना गरि मनाएको छ । मितिनी नेपालले भृकुटी मण्डपबाट शान्तीाटीकासम्मा बिशेष र्यालीको आयोजना गरि मनाएको हो ।
र्यालीमा बिभिन्न क्षेत्रमा कार्यरत यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायको बाक्लो उपस्थीति रहेको छ । र्यालीपछि कोणसभामा मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता केसीले संबोधन गरेकी थिइन ।
कार्यक्रममा मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानको समेत उपस्थीति रहेको थियो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस यतिबेला नेपाल लगायत विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ।