च्याँउको बीउ बिक्रि बितरण शुरु

तुलसिपुर,दाङमा च्याउको बीउ उत्पादन गरि बिक्रि बितरण गर्न शुरु भएको छ । जिल्लाको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको नवदुर्गा कृषि सहकारि सस्थाले च्याउको बीउ उत्पादन गरि बिक्रि गर्न शुरु गरेको हो ।

८ जनाको समुहले किसानहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै रु. २० लाख ७० हजारको लगानीमा बीउ उत्पादन गर्न थालिएको सञ्चालक तथा सहकारिका सल्लाहकार धुन्डिीराज चापागाईले बताएका छन । गएको असोज बाट सुरु गरिएको उत्पादन तथा बिक्री बितरण आफ्नो लगानी बाट नै सुरु गरिएको उनले बताए ।

आफ्नै लगानिमा सञ्चालन गरिएको च्याउँ खेतिको बिस्तार तथा विकासका लागि स्थानिय तहले केहि आर्थिक सहयोग गरिदिए झन सहज हुने उनको भनाई छ ।  अहिले च्याउँको बीउलाई अहिल माग अनुसार रोल्पा, धनगडि, प्युठान लगाएतका बाहिरि जिल्लामा पनि पठाउन सुरु गरिएको बताएका छन ।

उत्पादित बीउको मूल्य प्रति पोका रु.७० निर्धारण गरिएको सञ्चालक चापागाइले बताए । अहिले जिल्लामा च्याउ खेती गर्ने किसानहरुको संख्या बुद्धि भएकाले सोचे अनुसारको बजार पाइरहेको उनको भनाई रहेको छ ।।