प्रधानमन्त्री ओलीको सीसीयूमै राखेर डायलाईसिस गरिँदै

काठमाडौं,स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सीसीयूमा राखेर उपचार थालिएको छ ।

मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्रीको डायलाइसीस गर्न थालिएको अस्पताल स्रोतले जनाएको हो ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसमार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

चिकित्सकका अस्पताल पुग्नेवित्तिकै प्रधानमन्त्री ओलीलाई नेबोलाइजेसन (वाफ दिने ) र इमिपेनम नामक एन्टिबायोटिक दिइएको थियो ।

चिकित्सकका अनुसार याे नियमित डायलाइसीस हो । अर्को महिनादेखि प्रधानमन्त्री निवास बालुवाटारमै डायलाइसीसको व्यवस्था गरिनेछ । प्रधानमन्त्री ओलीको हिजै डाइलाइसीस गर्नुपर्ने भएपनि मन्त्रिपरिषद् बैठकका कारण आज थालिएको हो ।