पचालझरनामा पुर्ण सरसफाई सम्बन्धी २ दिने रणनीतिक योजना तर्जुमा कार्यशाला

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई पुर्ण सरसफाई सम्बन्धी रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।  नेपाल रेडक्रसको सहजीकरण र पचालझरना गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

गाउँपालिकाकाे जारकाेटमा २ दिनसम्मा चलेको कार्यशालालमा गाउँपालिका बिभिन्न वडाबाट प्रतिनिधहरुको उपस्थीति रहेको थियो । कार्यशालाले हरेक नागरीकलाई सचेतनाका लागि बिशेष भुमिका खेल्ने दावी गरिएको छ ।

कार्यक्रममा आफ्नो भनाई राख्दै पचालझरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले सरसफाईको महत्व र सरसफाईमा नेपाल सरकारको लक्ष्य बुझेपछि सरसफाईको कार्यमा अपनत्व महसुस भएको बताए ।

सेजुवालले भने कुहिरोमा हराएको काग जस्तो थियौँ  । अब हामी छर्लङ भएका छाैँ र गाउँपालिकालाई जनप्रतिनिधिकै अगुवाईमा पुर्ण सरसफाई उन्मुख क्षेत्र बनाउछौ भन्दै सहयोग गर्ने संस्था रेडक्रसलाई धन्यवाद व्यक्त गरे ।

सेजुवालले गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख क्षेत्र बनाउनको लागी अवसर तथा चुनौतीको समेत बिश्लेषण गरि प्रारम्भीक आधारभुत कृयाकलापहरुको समेत छलफल गरिएको बताए ।

गाउँपालिकाको जारकोटमा २२  र २३ गते गरि २ दिनसम्मा चलेको कार्यशालाले २०७७ सम्मा सम्पुर्ण वडा र ७८ भाद्रसम्मा गाउँपालिका पुर्ण सरसफाई युक्त घोषण गर्ने बताइएको छ ।