आन्दोलकारीले फालेका ढुङ्गामुडा सफा गर्दै युवाहरु

कोहलपुर, बाँकेको कोहलपुरमा आन्दोलकारीले बजारभरी फालेका ढुङ्गामुडा सफा गर्न जुटेका छन् । सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानै देखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघले सरसफाई गरिरहेको हो ।आईतवार ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको थियो । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द भएकि हुन ।

बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको थियो ।

कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकलाई तोडफोड गर्नुका साथै जलाइदिएका थिए ।

आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका थिए । त्रिभूवन मावि अगाडि भएको झडप सर्दै सर्दै कोहलपुर बजारमा पुगेको थियो ।

विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावकको भीडलाई हटाउन हवाई फायर समेत गरेको थियो । ठूलो भीडले ईलाका प्रहरी कार्यालय तोडफोड गरेको थियो । झडपमा केही प्रहरी र विद्यार्थी समेत घाइते भएका थिए ।

प्रर्दशनकारी र प्रहरीबिच आइतबार दिनभर जसो भएको झडपको क्रममा प्रर्दशनकारीहरुले ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायत फरार गरे ।

प्रहरीलाई प्रहार गरेका ढुङ्गा, इट्टा र सिसाका बोत्तल लगायतका साम्रगीहरुले कोहलपुरको सडक भरिएको थियो ।