सात हजार घुस सहित प्रहरीका सई अख्तियारको फन्दामा
प्रकासित मिति : २०७६ मंसिर २३, सोमबार १०:४३
प्रकासित समय : १०:४३
नेपालगञ्ज, दाङमा एकजना प्रहरी नायव निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सई हेमन्त केसीलाई सात हजार घुस लिँदालिँदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकार लोकमणी पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य ‘केस’मा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै सई केसीले सात हजार रकम घुस लिएको अख्तियारको आरोप छ । पक्राउ परेका केसीलाई अख्तियारको टोलीले नेपालगञ्ज ल्याएको छ ।