ट्रकले कुल्चिएकी बालिकाको दाहिने खुट्टा काटियो, बिएन्डबी अस्पतालमा उपचार हुदै

कोहलपुर, आईतबार ट्रक दुर्घटनामा परेकी वालिकाको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ ।

बाँकेको कोहलपुरमा रहेको त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत वालिका प्रकृती चन्दलाई विद्यालय अगाडी ट्रकले कुल्चीएको थियो ।

ट्रकले बालिकाको दुबै खुट्टा कुल्चिएपछि उपचारकालागि काठमाण्डौं लगिएको हो । बालिकासँगै आन्दोलनको क्रममा घाईते तिन जनालाई समेत थप उपचारकालागि काठमाण्डौं लगिएको छ । आईतबार सेनाको हेलिकोप्टर मार्फत उनिहरुलाई काठमाण्डौं लगिएको थियो । हाल बालिकाको अवस्था खतरामुक्त रहेको बताईएको छ ।