नयाँदिल्लीमा आगलागीः ३५ मजदुरको मृत्यु, १५ जना घाइते

एजेन्सी । भारतको नयाँदिल्लीमा एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो ।

भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा मजदुरहरू सुतिरहेका थिए । एलएएनजीपी अस्पतालका प्रबन्धक डा.किशोर सिंहले बताएअनुसार हालसम्म ३५ शव अस्पताल पुर्याएको छ भने १५ जना सख्त घाइतेको उपचार हुँदैछ ।

आगलागी भएपश्चात दमकलको सहायताले अन्य ५६ जनालाई बाहिर निकालिएको थियो, जसमध्ये ३५ को मृत्यु भइसकेको छ ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार मजदुरहरूको मृत्यु धुँवामा निसास्सिएर भएको उल्लेख गरेका छन् ।