कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर
काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द भएकि हुन ।
आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएको थियो ।
कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकलाई तोडफोड गर्नुका साथै जलाइदिएका छन् ।
आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज गरेको छ । विद्यार्थीले ढुंगा हानेका छन् । त्रिभूवन मावि अगाडि भएको झडप सर्दै सर्दै कोहलपुर बजारमा पुगेको छ ।
विद्यार्थीलाई प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायर गरेको छ । ठूलो भीडले इलाका प्रहरी कार्यालय तोडफोड गरेकाे छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।
आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ ।
भने चालक प्रहरी नियन्त्रणमा रहेकाे बताइएकाे छ ।
डिएसपी शाही घाइते
प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।