भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दाेमा भूपेनलाई स्वर्ण
प्रकासित मिति : २०७६ मंसिर १९, बिहीबार १७:३४
प्रकासित समय : १७:३४
काठमाडाैं। भूपेन श्रेष्ठले तेक्वान्दोमा नेपाललाई थप स्वर्ण पदक जिताएका छन्। १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भूपेनले आज भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सम्पन्न खेलमा भूपेनले गेरुगी ८७ किलाेमुनिको तौल समूहको स्पर्धामा भारतका अक्षय हूडालाई २९–२६ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन्।
नेपालले यसअघि तेक्वान्दोमा ११ स्वर्ण जितेको थियो।