आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती

कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ ।

मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

सभापती पाण्डेले स्नातकतह व्यवस्थापन संकाय तेस्रो बर्षमा अध्यानरत विद्यार्थी तथा नेबिसंघ इकाई सह(सचिव युवराज आचार्यलाई गैर विद्यार्थीहरुले खेल मैदानवाट केही काम छ भनि वोलाएर अभद्र व्यवहार तथा कुटपिट गरिएको घटनाप्रती घोर आपत्ती जनाउदै क्याम्पस प्रशासन समक्ष कार्बाहिको माग गरेका छन् ।

साथै, क्यापसमा गैरबिद्यार्थीहरु प्रवेश गरेर नियतमित पठनपठानमा रहेका विद्यार्थीहरु माथि भएको गण्डागर्दी शैलिको आवस्यक छानवीन गरि कार्वाहीको माग गरेका छन् । उनले यस्तो खालको अभद्र गतिविधिमा संगलग्नलाई प्रशासनले कुनै पनि बहानामा कार्बाहीको दायरामा नल्याए कडा आन्दोलनमा उत्रिने चेतवनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति