पचालझरनामा स्वास्थ्य आपतकालीन पुर्ब तयारीको लागि २ दिने कार्यशाला गोष्ठी
कालिकाेट,कालिकाेटकाे पचालझरना गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्य आपतकालीन पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । गाउँपालिका तथा स्थानीय स्तरमा आइपर्ने आपतकालीन सेवाको लागि गाउँपालिकाकाे जारकाेटमा उक्त गाेष्ठिकाे आयोजना गरिएकाे हाे ।
गाउँपालिकाकाे स्वास्थ्य अबस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य आपतकालीन पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा गोष्ठी आयोजना गरिएको गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए ।
सेजुवालको अनुसार नेपाल रेडक्रस सोसाइटी,सिईएचपी नेपालगन्जको सहभागिता,नेपाल रेडक्रस जिल्ला शाखा कालिकोटको समन्वय र पचालझरना गाउँपालिकाको आयोजनामा गरिएको उक्त गोष्ठि १५ र १६ गतेसम्मा चल्ने बताइएको छ ।
पचालझरनाको जारकोटमा शुभारम्भ भएको गोष्ठीमा स्वास्थ्य क्षेत्रलाई कसरी मजबुत बनाउने आपतकालीन उपचारको लागि सहज पहुचको बारेमा बृहत छलफल हुने समेत बताइएको छ ।