अब मुस्लिम समुदाय जागरुक बन्नुको बिकल्प छैन – अध्यक्ष फारुकी

बाँके, नेपालगन्ज अल नेपाल मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकीले गणतन्त्रमा आफनो अधिकार सुनिश्चताका लागि मुस्लिम सुमदाय जागरुक बन्नु पर्ने बताएका छन ।  आइतबार अल नेपाल मुस्लिम संगठन बाँकेद्धारा आयोजित बिचार गोष्ठि कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फारुकीले उक्त कुरा बताएका हुन ।

उनले समुदायको हक हितका लागि आफु र आफनो संगठन सम्पुर्ण ढंगले लागि पर्ने समेत बताए । नेपालगन्जमा पहिलोपटक आयोजित बिचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष फारुकीले २०४६ सालदेखि निरन्तर मुस्लिम सुमदायको पहिचान मुलक ढंगले संघर्ष गर्दै आइरहेको दाबी गरे ।

बर्तमान परिस्थिति र मुस्लिम समुदाय बिषयक बिचार गोष्ठिमा अर्का अतिथि तथा नेपाली काँग्रेसका नेता पुर्ब सभासद भोला सिद्धिकीले दुई तिहाइको सरकारले मुश्लिमहरुको अबस्था बुझन नसकेको बताए । उनले कम्यिुनिष्ट सरकारले मुस्लिम समुदायको ब्यवस्था परिबर्तन गर्छु भनेपनि अबस्था नै बुझन नसकेको गुनाशो गरे ।

कार्यक्रममा नेकपाका इन्चार्ज दिनेशचन्द्र यादब ,पुर्ब हज कमिटिका अध्यक्ष ताज मोहमद मिया,नेकपाका पुर्ब सभासद देबराज भार लगायतकोे अतिथिहरुको उपस्थीति रहेको थियो ।