कोहलपुर ६ मा नेकपाका रामशरण थारू विजयी

काेहलपुर,बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी भएका छन। उनि प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुलाइ ६४ मतले मतले फरक पार्दै राम शरण थारू बिजयी भएका हुन । काँग्रेसका श्रीकृष्ण थारूले  ७३६ मत पाएका  थिए ।

 उक्त वडामा जम्मा मतदाता २०२६ रहेको थियाे भने निर्वाचनमा १६३४ खसेको थियोे । वडामा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षको निधन भएकोले उपनिर्वाचन भएको हो ।

यस्ताे थियाे मतपरिणाम

नेकपाका रामसरन थारु ८००
नेपाली कांग्रेसका श्रीकृष्ण थारु ७३६
राप्रपाका श्रीधर सुबेदी ६१
नेमकिपाका दिलक्षि हमाल १३
संघिय समाजबादी फोरमका शाभाखर पोखरेल १०
बदर मत १४
जम्मा खसेको मत १६३४
जम्मा मतदाता संख्या २०३६