१३औँ साग : नेपाली महिला भलिबल टिम फाइनलमा

काठमाडौं,नेपालको महिला भलिबल टीम १३औँ साग खेलकुदको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम फाइलन प्रवेश गरेको हो। नेपालले ३-० को सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै स्वर्गणपदकको प्रतिस्पर्धा सुनिश्चित गरेको हो।

नेपालले अब स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली महिला भलिबल टीमले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको हो। साग महिला भलिबलमा नेपाल अहिलेसम्म फाइनल प्रवेश गरेको यो पहिलोपटक हो।

यसपहिले नेपालले महिला भलिबलमा कास्य जितेको थियो भने यसपटक रजत पदक पक्का भएको छ। स्वर्ण पदकका लागि बाटो पक्का भएको छ।