कांग्रेसको पहिलो खुशि बैतडीबाट खोल्यो खाता

काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट बिजयको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराएका हुन  । निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दै कांग्रेसका चन्द विजयी भए।

नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी उम्मेदवार गजेन्द्रबहादुरले २१९ मत ल्याएका छन् । ६१९ मतदाता रहेको सो वडामा ४३८ मत खसेको थियो ।