बिग्रिएर रोकी राखेको बसलाई ट्रकले ठक्कर दिदा १३ जना घाइते
प्रकासित मिति : २०७६ मंसिर १४, शनिबार १४:४२
प्रकासित समय : १४:४२
काठमाण्डौँ, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए ।