प्रहरी हिरासतबाटै ७ थुनुवा फरार
प्रकासित मिति : २०७६ मंसिर १४, शनिबार २१:१३
प्रकासित समय : २१:१३
काठमाडाैं। सिरहाको इलाका प्रहरी कार्यालय माइपुरपतारको हिरासत कक्षबाट ७ जना थुनुवा फरार भएका छन् । शनिबार बेलुकी साढे ७ बजे उनीहरू प्रहरीकाे हिरासत कक्ष तोडेर फरार भएको सिरहाका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।
“खाना खाने क्रममा हिरासत कक्षको ढोका फोडेर भागेको खुल्न आएको छ,” उनले भने, “हामी अनुसन्धान गर्दैछौं।” फरार भएका सातै जना विभिन्न घटनामा अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएका व्यक्ति हुन् ।
प्रहरी स्राेतका अनुसार लागूऔषधसहित पक्राउ परेका गोबिन्द नेपाल, रियाज मियाँ, रामाशिष यादव, रबीन्द्र यादव, गणेश साह र नवीन यादव तथा बहुविवाह आरोपमा पक्राउ परेका संजय यादव फरार भएका हुन्।