विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
प्रकासित मिति : २०७६ मंसिर १३, शुक्रबार ०८:३४
प्रकासित समय : ०८:३४
काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।
नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।