एकाबिहानै धनगढीमाई नगरपालिकामा शंकास्पद वस्तु फेला

जनकपुरधाम,सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ। नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको ढोका नजिकै शुक्रबार बिहान उक्त वस्तु फेला परेको हो। स्थानीय डेनोक मोक्तानका अनुसार झोलामा सकेट बमजस्तो वस्तु देखिएको छ।

त्यस ठाउँलाइ प्रहरीले घेरा हालेको छ। बमजस्तै वस्तु देखिएकाले डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

शुक्रबार साँझ महोत्तरीको पिपरा गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार भएका विक्रम चौधरीको घरमा समेत बम विस्फोट गराइएको थियो।