खत्याडबाट ‘चरेस’ सहित तीनजना पक्राउ

मुगु, मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ५ का दलबहादुर विक, ललित जंग विक र देवी सिंह विक रहेका छन्।

शनिबार मदिरा निषेधित खत्याड गाउँपालिकामा मदिरा लुकाएको छ कि भन्ने आशंकामा अस्थायी प्रहरी पोस्ट कवाको प्रहरी टोलीले स्थानीयका घर, पसल, होटल खान्तलासी गदै जाँदा लागुऔषध चरेस भेटिएको हो। उनीहरूमध्ये दलबहादुरबाट १४५ ग्राम ललितबाट ७५० ग्राम र देवीबाट ६०० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यलय मुगुका सई बालबहादुर थापाले जानकारी दिए।

उनका अनुसार स्थानीयको घर, खुद्रा पसल र होटलमा मदिरा चेकजाँच गर्ने क्रममा लागुऔषध चरेशसहित उनीहरूलाई पक्राउ गरिएको हो। तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।