गनापुरमा मोटरसाईकलका कारण यसरी पल्टीयो बस

कोहलपुर, बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा बिहिबार बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बस बाँकेको जानकी गाउँपलिका ६ गनापुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन ।

विहान सवा ९ बजे तिर बाटो काट्दै गरेको मोटरसाईकललाई जोगाउने क्रममा बस पल्टीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बस भन्दा अगाडी गुडि रहेको मोटरसाइकलले एक्कासी बाटो काटेपछि ईमर जेन्सी ब्रेक लगाउदा बस सडकमै पल्टीएको हो । घाइतेहरु सवैको प्राथमिक उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।