यसकारण नेपालका लागि नेपाली अभियानबाट निकालिए शाही
  प्रकासित मिति : २०७६ मंसिर १२, बिहीबार १४:०१ 
प्रकासित समय : १४:०१
                                    
															काठमाडौं, ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ ।
अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो ।
बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाउने निर्णय गरेको हो ।
अभियानले जारी गरेको वक्तव्यमा शाहीलाई हटाउनुको कुनै करण उल्लेख गरिएको छैन ।
तर, अभियानका प्रमुख अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले भने शाहीले गणतन्त्रको पक्षमा बोलेपछि निस्कासन गरिएको प्रतिक्रिया दिएका छन् ।

