बैतडीका युवा कञ्चनपुरको गणेशपुरमा मृत अवस्थामा फेला
प्रकासित मिति : २०७६ मंसिर १२, बिहीबार १५:५६
प्रकासित समय : १५:५६
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा एकजना मृत फेला परेका छन्।
गणेशपुरास्थित कलुवापुर-बेलौरी सडकको कल्भर्टनजिकै ४० वर्षीय रमेश विष्ट बिहीबार मृत अवस्थमा फेला परेका हुन्।
बैतडीको पुर्चौडी नगरपालिक-८ हाट घर भएका विष्टको मृत्युको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।
मृत्युको कारणबारे अनुसनधान भइरहेको उनले बताए। मृतक विष्ट बैतडीको पुर्चौडी नगरपालिका-८ हाट घर भई हाल गणेशपुरस्थित दाजुको घरमा बस्नका लागि आएका थिए।