कोहलपुर कृषि बजार नजिकै मृत अवस्थामा भेटिए एक युवक
कोहलपुर, बाँकेको कोहलपुरमा एक युवक मृत अबस्थामा भेटिएका छन । बुधवार कोहलपुर नगरपालिका वडा नं ११ कृर्षि बजार नजिकैको रहेको एक नालामा मृत अवस्थामा फेला परेका हुन ।
स्थानियका अनुसार कोहलपुर नगरपालिका वडा नं. ११ मा पर्ने कृषि बजार नजिकै अन्दाजी ५४ वर्षका कुले दमाई मृत अवस्थामा फेला परेका हुन ।
स्थायी घर सुर्खेत भएका दमाई बिगत केही समयदेखी कोहलपुर बस्दै आएका उनि स्थानिय कृषि बजार नजिकै खुल्ला चौरमा लुगा सिलाउने काम गर्दै आएका थिए ।
उनको मृत्युको कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चौर नजिकै रहेको सानो खाडलमा डुबेको अवस्थामा दमाईको शव भेटिएको थियो ।
मृतक दमाई कोहलपुर नगरपालिका वडा नं. १० ड्राईभरटोलमा आफ्नो दाईसँगै बस्दै आएका थिए । शवको पोर्टमार्टमकालागि भेरी अस्पताल नेपालगञ्ज पाईएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु के कति कारणले भएको भन्ने खुलेको छैन । उनको कसैले हत्या गरेको हो की आफै खाल्डोमा परेका हुन भनेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।