पत्रकार भण्डारीविरुद्ध गाली बेइजती मुद्दा

कञ्चनपुर,कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ। बदनाम गराउने नियतले भण्डारी सम्पादक रहेको मानखण्ड दैनिक र फेसबुकमा समाचार सम्प्रेषण गरेको भन्दै आयुष विष्टले मुद्दा दर्ता गरेका हुन्।

अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गाली बेइजती अन्तर्गत मुद्दा दर्ता भएको बताए। गत साता जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गरेका थिए।