धनगढीबाट सुरू भयो कालापानी अभियान

धनगढी, भारतले हालै जारी गरेको नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले धनगढीबाट कालापानी अभियान सुरु गरेको छ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकोले आफ्नो भूमि फिर्ता गर्नको लागि कालापानी अभियान सुरु गरेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशमा इन्चार्ज मनोज भट्टले बताए।

धनगढीबाट सुरु भएको र्‍याली, डोटी, डडेलधुरा, बैतडी हुँदै १६ गते दार्चुला पुग्ने उनले जानकारी दिए। दार्चुलाको खलङ्गा, गोकुलेश्वरमा विरोधसभा गरेर १७ गते अभियानको समापन गर्ने राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टले बताए।