अर्घाखाँचीमा बस दुर्घटना, ६ जनाको मृत्यु
प्रकासित मिति : २०७६ मंसिर ११, बुधबार १७:३२
प्रकासित समय : १७:३२
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको जिल्ला अस्पताल सन्धीखर्क र बुटवल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।