भारतले नेपाललाई पनि पाकिस्तानलाई जस्तै व्यवहार गर्यो- देउवा
विराटनगर, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन। उनले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोज्नु भएको दाबी पनि गरे।
‘कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर भारतले पनि मानेको हो,’ देउवाले भने, ‘अहिले अकास्मात कश्मीर विवादको हिसाबले पाकिस्तान र नेपाल एउटै जस्तो गरेर नक्सा जारी गरेको छ।’ महाकाली सन्धिमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै देउवाले सीमा पूर्व कालापानी सीमा पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नै पर्ने भएकै कारण कालापानीको पानी आधा(आधा गर्ने भनेर सहमति गरेको बताए। ुम प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो।
सन्धिमा महाकाली नदी सीमा बाँधिएको हो। सीमा पूर्व हो कालापानी सीमा पश्चिम हो इन्डिया। लिपुलेक काला नदी पूर्व हो,’ देउवाको भनाइ छ, ‘सन्धिमा काली नदी सीमानदी हो। पानी आधा आधा भनेर सहमति भएको हो।’ कालापानी, सुस्ता तथा लिपुलेकको विषयमा दलहरुले अभूतपूर्व एकता गरेर सरकारलाई अगाडि बढ्नभन्दा पनि काम अघि नबढेको भन्दै देउवाले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाए।
‘सबै दलले अघि बढ्नुहोस् भनेर प्रधानमन्त्रीलाई भनेका छौँ तर केही गर्नुभएको छैन, गर्नुपर्छ कि पर्दैन उहाँलेरु दलहरुबीच अभूतपूर्व एकता भयो सीमाको विषयमा नेपालमा सबै पार्टीले उहाँलाई सपोर्ट गरेको छ, काम अगाडि बढेको छैन,’ देउवाले भने, ‘अगाडि बढ्न भनेको सरकार अगाडि बढ्दै बढ्दैन।’
प्रतिपक्षी अगाडि बढ्दा पनि हुन्छ होला नि भन्ने प्रश्नमा उनले ‘प्रतिपक्षी एक्लै अगाडि बढ्न मिल्छरु ’ भन्ने प्रतिप्रश्न गरे। आफूले बोलेको विषयमा दलबाटै विरोध भएको सन्दर्भमा देउवाले कालापानी भारतको भनेर कसैले नबोलेको कारण अरू विषयमा पार्टीमा यस्तो भइरहने बताए।

