प्रधानमन्त्री ओली अस्पताल भर्ना
प्रकासित मिति : २०७६ मंसिर १०, मंगलवार १०:१७
प्रकासित समय : १०:१७
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको बताएका छन्।
थापाले भने ‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ, नियमित चेकजाँचका लागि अस्पताल जानुभएको हो।’ यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।
यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो।
गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।