नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु
प्रकासित मिति : २०७६ मंसिर १०, मंगलवार १२:४२
प्रकासित समय : १२:४२
काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु भएको छ । बैठकमा नेपाली १० सदस्यिय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यिय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी भूपेन्दर सिंह भल्लाले गरिरहेका छन् ।
बैठकको पहिलो सत्र बिहान १० बजे सुरु भएको हो । १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित परराष्ट्र, कानुन, यातायात मन्त्रालयका सहसचिव तथा भन्सार विभागका महानिर्देशकलगात सहभागी छन् ।
वैठक सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई अन्तिम रूप दिन बसेका बताइएको छ । जसमा भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे विषय सम्मिलित हुने बताइएको छ ।