धान काट्न गएकी महिलालाई नदीले बगायो
प्रकासित मिति : २०७६ मंसिर १०, मंगलवार १२:१७
प्रकासित समय : १२:१७
ताप्लेजुङ,धान काट्न गएकी एक महिलालाई तमोर नदीले बगाएको छ। जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ बस्ने ६० वर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाउँदा बेपत्ता भएकी हुन्।
सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएको ताप्लेजुङ प्रहरीले जनाएको छ। नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।