लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कपिलवस्तुमा दिप प्रज्वलन गरि उद्घाटन
कृष्णनगर, कपिलवस्तु लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरमा उदघाटन गरिएकाे हाे ।
आफन्त नेपाल,पिआरसि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर भण्डारीको प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका कार्यलय प्रमुख पुन्य गौतम,उधोग बाणिज्य संघ का अध्यक्ष,लाइन्स क्लबका अध्यक्ष दिनेश चन्द्र गुप्त, राष्ट्रीय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनि अल्कुफी, प्रदेश नं ५ मदरसा संघ का उपाध्यक्ष मौलाना मसूद खां नेपाली विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो ।
कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम आफन्त नेपालका जिल्ला सयोजक केसर बिशवकर्माले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा पिआरसिका सयोजक भुमिराज भट्टराईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा,राजश्व कार्यलयका प्रमुख,लगएत विभिन्न ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रम कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न सयोजक केसर बिश्वकर्माले बताए ।