घाँस काट्न गएका एक युवकको भिरवाट खसेर मृत्यु
प्रकासित मिति : २०७६ मंसिर ९, सोमबार ०८:५३
प्रकासित समय : ०८:५३
अछाम, अछाममा घाँस काट्न जंगल गएका एक युवको भिरवाट लडेर मृत्यु भएको छ ।
जिल्लाको ढकारी गाउँपालिका-२ हिच्माका १९ बर्षिय गणेश साउदको गाईबस्तुका लागी घाँस काट्न गएका बेला लडेर मृत्यु भएको हो ।
शुक्रबार साझ ४ बजे घाँस काट्न भन्दै जारिमे जंगलमा गएका साउद बेलुकी अबेरसम्म पनि नफर्किएपछि राती ८ बजे तिर परिवारका सदस्यहरु खाेज्न जादा मृत अवस्थामा भेटिएका हुन ।