प्रहरीलाई छक्याउँदै विप्लवका विद्यार्थीले यसरी गरे प्रदर्शन

बुटवल, सरकारद्धारा प्रतिवन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले भारतले नेपाली भू-भाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा बुटवलमा प्रर्दशन गरेका छन् । उनिहरूले प्रहरीलाई छक्याउँदै नारा-जुलुस सहित प्रदशन गरेका हुन् ।अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा प्रदेश नं. ५ को राजधानी रुपन्देही बुटवलको कालिकानगर, देवीनगर, योगिकुटी, मिलनचोक, नयाँबसपार्क र गोलपार्कबाट एकैसाथ जुलुस निकालिएको हो ।जुलुसमा सहभागी विद्यार्थीहरुले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपाली भूमि छोड, भारतीय साम्राज्यवाद मुर्दावाद, सिमा अतिक्रमण बन्द गर, अतिक्रमित भुमी फिर्ता गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ लगायतका नारा लगाएका थिए ।बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको जुलुसलाई वुटवलको कालिकानगर, चौराहा, मिलनचोक, गोलपार्कमा पटक पटक रोक्न प्रयास गरे पनि सफल हुन सकेन ।

प्रहरीले जुलुसलाई रोक्न खोज्दा विद्यार्थीले प्रहरीविरुद्ध उल्टै नाराबाजी गरेका थिए ।

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र बिकलेे राष्ट्रिययताको आन्दोलन गर्नेका विरुद्ध प्रहरी परिचालन गर्नु भन्दा पनि सिमा सुरक्षामा प्रहरी परिचालन गर्न आग्रह गरे । उनले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताए । नेपाली भूमि मिचेर भारतले बनाएको नक्कली नक्सा नसच्याउँदा सम्म आन्दोलन निरन्तर अगाडि बढाइने उनको भनाइ थियाे ।