विप्लव निकट महिला संगठन जाजरकोटकी संयोजक थापा पक्राउ
प्रकासित मिति : २०७६ मंसिर ९, सोमबार २०:५८
प्रकासित समय : २०:५८
जाजरकोट, विप्लव नेकपा निकट महिला संगठन जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संयोजक रंजिता थापालाई सोमबार दिउँसो नलगाड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ।

बुटवल घर भएकी २६ वर्षीया थापा पछिल्लाे समय बिप्लव नेकपाका महिला संगठन जाजरकाेटकाे जिम्मेबारीमा रहेकाे बताइएकाे छ ।
शनिबार राति नलगाड नगरपालिका ५ दल्लीनजिकै रगुनाथ जंगलमा बम बिस्फोट गरी आतंक सिर्जना गरेपछि प्रहरीले जाजरकाेटमा बिप्लव नेकपाका नेता तथा कार्यकैताफाइ निगरानी गरिरहेको जनाएको छ।

