मेडिसिटीका डाक्टर झा बलात्कार प्रयासको आरोपमा पक्राउ

ललितपुर,ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पक्राउ परेका छन्। धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ।

ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए। ‘उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ’, डिएसपी तामाङले भने।