त्रि–चन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटे

काठमाडौं । शुल्क फिर्ता नगरेको भन्दै मुलुकै पुरानो क्याम्पस त्रि–चन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्। उनलाई केही बेर अघि कलेज परिसरमा विद्यार्थीले उनलाई कुटपिट गरेका हुन्।

विद्यार्थीको कुटाइबाट घाइते न्यौपानेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै क्यास प्रमुख न्यौपानेलाई कुटे गरेको आरोपमा प्रहरीले केही विद्यार्थीलाई नियन्त्रण लिएको छ ।