नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत
प्रकासित मिति : २०७६ मंसिर ८, आईतवार १३:५६
प्रकासित समय : १३:५६
नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो ।
नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका रुपमा सम्मान गरिएको हो । अन्सारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अन्सारी लामो समय नेपालगन्जको ब्यवसायीक क्षेत्रमा क्रियाशिल छन । उनि एमडी स्टोर नेपालगन्जका प्रबन्धक समेत हुन ।