बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश

नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन ।

नेकपा २० नं. वडा कमिटिले आयोजना गरेको जन भेला तथा पार्टी प्रवेश कार्यक्रममा याम बहादुर बुढाको नेतृत्वमा नेपाली काँग्रेस लगायत बिभिन्न पार्टीमा आवद्द युवाहरु नेकपामा प्रवेश गरेका हुन । नव प्रवेशी युवाहरुलार्इ नेकपा बाँके जिल्ला अध्यक्ष आइ.पि. खरेल र ५ नं. प्रदेस नेकपा सँसदिय दलकी सचेतक पार्वती पुन उषाले अबिर तथा माला लगाइ स्वागत गरेका थिए ।

नेकपा २० नं. वडा कमिटिका अध्यक्ष बिश्वनाथ बर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा नेपागन्ज नगर कमिटीका अध्यक्ष डिल्ली बराल, सदस्य कृष्ण कार्की, युवा सँघका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थीयो ।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरुले नेपाली काँग्रेसले देस र जनताको पक्षमा काम गर्न नसक्ने महशुस गरी समृद्धिको सपना सहित अगाडी बढिरहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको बताए । कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपा बाँके अध्यक्ष खरेलले युवाहरुलाई समाज बिकासको बाटोमा लामबद्ध गराइ अनुशासित राख्न पार्टी सदैव सजक रहने बताए । उनले नेकपा बाट मात्र राष्ट्र बिकास र समृद्धि सम्भव भएकाले सबै सचेत युवाहरुलाई नेकपामा लामबद्ध हुन समेत आग्रह गरे ।

५ नं. प्रदेश सभा सदस्य एवं नेकपा प्रदेश कमिटि सचिवालय सदस्य पार्वती पुन उषाले समाजमा हुने गरेका विसंगती र बिकृतिको अन्त्य गरि सभ्य र समतामुलक समाजको निर्माण गर्न युवाहरु लाग्नु पर्ने बताइन । उनले नेकपाको सरकारले गरेका राम्रा कामको केहि समय भीत्रै परिणाम देखीने दावी गरिन ।