जुम्लामा आगलागी हुँदा २४ कोठे घर जलेर नष्ट

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका २ मा आगलागी भएको छ । आगलागीबाट २४ कोठे घर पूर्णरूपमा जलेर नष्ट भएको छ । विष्णु भण्डारीको घरमा बिहान ११ बजेतिर लागेको आगो नियन्त्रणमा लिन कठिनाइ भएका कारण घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।

आगलागी भएको स्थानसम्म जाने बाटो नभएका कारण चन्दनाथ नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि जान नसकेको हो । ‘दामकललाई आगो लागेको ठाउँसम्म पुग्न झण्डै आधा घण्टा लागेको थियो । सुरक्षाकर्मीले घर पछाडि रहेको प्रखाल भत्काएपछि दमकल पुगेको हो ।

उक्त घरका सबै कोठा भाडामा दिएको थियो । घरमा कर्णाली प्राविधिक शिक्षालय र विभिन्न संस्थामा आबद्ध कर्मचारी भाडामा बसेका थिए । घर भाडामा लियर बसेकाहरूको प्रत्येको कोठामा ग्यासिलिन्डर र उज्यालोको लागि राखिएका सोलारका ब्याट्री भएका कारण आगो नियन्त्रणमा लिन हाम्मे परेको बताइएको छ ।

आगो नियन्त्रणका लागि खटिएका नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी कोठामा भएका ग्यास पट्किएको आवाज आउन थाले त्रसित भएका थिए । लगतार १२ १३ वटा ग्यास सिलिन्डर पट्केपछि दमकलबाहेक अरू कसैले पनि आगो नियन्त्रण गर्ने प्रयास नगरेका हुन् । घर पूर्णरूपमा जलेपछि कर्मचारीहरूका कागजपत्रसहित सबै सम्मान जलेर नष्ट भएका छन् ।