डायलासिसका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
प्रकासित मिति : २०७६ मंसिर ८, आईतवार १७:०४
प्रकासित समय : १७:०४
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार अपरान्ह ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन ।
स्राेतका अनुसार ओली डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल पुगेकाे बताइएकाे छ । नियमित डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने बताइएकाे छ । ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।
कात्तिक १३ र १४ गते प्रधानमन्त्री ओलीको पहिलो पटक ग्रान्डी अस्पतालमा २४ घण्टामा दुई पटक डायलासिस भएको थियो । त्यसपछि ओलीको लगातार ग्रान्डीमै डायलासिस हुँदै आएको छ ।