पचालझरनामा दुई दिने निशुल्क पशु स्वास्थ्य शिबिर संचालन

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिकाको वडा नं २ मा दिने पशु स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । जारकोट स्वाथ्य चौकी र गाउँपालिकाको समन्वयमा पशु स्वास्थ्य शिबिर संचालन गरिएको २ नं वडाका अध्यक्ष करबिरे बिश्वकर्माले जानकारी दिए ।

बिश्वकर्माका अनुसार गाउँपालिका र जारकोट स्वास्थ्य चौकीद्धारा संचालीत शिबिर कृषकहरुलाई पशुपालनका लागि उत्साह र जनचेतनामुलकु ढंगले संचालन गरिएको छ । पशुलाई केन्द्रीत गरी संचालन गरिएको शिबिरले कृषकहरु उत्साहीत भएको वडा अध्यक्ष बिश्वकर्माले जानकारी दिए । 

शिबिरकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले स्थानिय सरकार जनताप्रति पुर्ण रूपमा बफादार रहेकाे बताए । कृषकहरूलाइ समृद्भिकाे अनुभुति हुने गरि लागि परेकाे भन्दै यसमा कुनै शंका नलिन अनुराेध गरे । उनले भने हामी जनताका सपना पुरा गर्छ भन्ने कुरामा बिश्वस्त छाैँ । त्यसमा तपाइहरू साथ दिनुस समृद्भ पचाल झरना हाम्राे चाहाना अबश्य पुरा हुन्छ । 

शिबिरमा वडाका धेरै जसो सेवाग्रहीले सेवा लिएको बताइएको छ । गाउँपालिकाले बिभिन्न स्वास्थ्य सम्बन्धी शिबिरहरु संचालन गर्दै आइरहेको छ । उक्त शिबिर आइतबारसम्मा चल्ने बताइएको छ ।

साथै सोहि शिलशिलामा भाल्जेवालामा गएको पहिरो र कृषकहरुले गरेको तरकारी खेति समेथ अनुगमन गरिएको थियो ।