दुई तिहाईको सरकार कम्युनिष्टहरुका लागि काम गर्ने सुनौलो अबसर हो – मन्त्री भट्टराई

नेपालगन्ज,बाँके संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कम्युनिष्टहरुका लागि दुई तिहाईको सरकार काम गर्ने सुनौलो मौका भएको बताएका छन । नेपालगन्ज उद्योग बाणिज्य संघको २८ औँ साधारण सभालाई संबोधन गर्दै मन्त्री भटराईले कम्युनिष्टहरुको लागि अग्नी परिक्षा भएको बताए ।

उनले नेपालगन्जले कुनै प्रदेशको राजधानी हुने मौका गुमाए पनि आफनो बिकासको गति नगुमाएको जिकिर गरे । नेपालगन्ज बिभिन्न हिसाबले चर्चाको शहर रहेको भन्दै यसको समग्र बिकासका लागि सरकार लागि परेको बताए ।  नेपालगन्जले परिर्बतनको क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै अझै पनि निरन्तरता दिनु पर्ने बताए । मन्त्री भट्टराइले  नेपालगन्जले प्रदेशको राजधानी हुने अबसर गुमाएको समेत उल्लेख गरे ।

कार्यक्रममा नेपाल बाणिज्य संघकी केन्द्रिय अध्यक्ष भवानी राणा लगायतकाे उच्च पदस्थहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा  प्राकृतिक बिपदमा परेका प्रेरण फेन्सि स्टाेरका कनाेजियालाइ  रू ५० हजार सहयाेग समेत हस्तान्त्ररण गरिएकाे थियाे । उक्त रकम दैबिक प्रकाेप बिभागका संयाेजक अब्दुल वाहिद अन्सारिकाे नेतृत्वमा जम्मा गरिएकाे थियाे । कार्यक्रममा ५० हजारकाे चेक हस्तान्त्ररण अन्सारीले नै गरेका थिए ।