दश आइएस लडाकूले गरे आत्मसमर्पण

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स ९आइएस० समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् ।

नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफू हतियारसहित अफगान विशेष सेनालाई आत्मसमर्पण गरेका छन् ।

अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आईएस सदस्यहरूले पनि आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको बताइएको छ । महिला र बालबालिकाहरूलगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले गत हप्ताहरूमा सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका छन् ।रासस/सिन्ह्वा