पचालझरनामा बृहत निशुल्क परिवार नियोजन घुम्ती शिबिर संचालन

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिकामा २ दिने बृहत निशुल्क परिबार नियोजन घुम्ती शिबिरको आयोजना गरिएको छ । जारकोट स्वाथ्य चौकी र गाउँपालिकाको समन्वयमा शिबिर संचालन गरिएको हो ।

गाउँपालिका र जारकोट स्वास्थ्य चौकीद्धारा संचालीत शिबिर जनचेतनामुलक ढंगले संचालन गरिएको आयोजकले बताएको छ । शिबिरमा दर्जन बढीले निशुल्क सेवा लिएको आयोजकले जनाएको छ । यतिबेला शुक्रबार र शनिबार संचालन हुने शिबिर क्रमश पचालझरनाको बिभिन्न वडामा संचालन हुने समेत बताइएको छ ।