सेतुबिक चोकबाट ब्राउन शुगरसहित एक पक्राउ
प्रकासित मिति : २०७६ मंसिर ६, शुक्रबार १६:००
प्रकासित समय : १६:००
नेपालगञ्ज, नेपालगञ्ज बाट ९ ग्राम ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सुमित बोहरा
जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले शुक्रबार दिउसो १ बजेतिर सेतुबिक चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत बीरेन्द्रनगर–६ घर भएका ३२ बर्षिय सुमित बोहरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट भे ४ प १४८१ नम्बरको रातो स्कुटी समेत नियन्यत्रमा लिएको छ ।
प्रहरीले बोहरालाई बरामदी मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाएको छ ।

पक्राउ परेका बोहरा बाट वरामद ९ ग्राम ब्राउन सुगर