५ लाख घुस सहित मालपोतका प्रमुख पक्राउ

काठमाडौं । पाँच लाख घुस रकम सहित सिराहा जिल्ला मालपोत कार्यालयका प्रमुख पक्राउ परेका छन । शुक्रबार विहान मालपोत प्रमुख रामबाबु मण्डल सेवा ग्राहीसँग घुस लिदालिदैं रंगेहात पक्राउ परेका हुन ।

अख्तिख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।